sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

अब विदेशबाट पनि श्रमस्वीकृति 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । श्रमस्वीकृति नगरेको कारण विदेशमा मृत्यु हुने कामदारका परिवारले कल्याणकारी कोषबाट कुनै सहयोग नपाउने अवस्था बनेपछि सरकारले विदेशमा नै श्रमस्वीकृति लिन सकिने व्यवस्था गरेको छ ।

अहिलेसम्म नेपालबाट मात्र श्रम स्वीकृति दिने व्यवस्था थियो । विदेशमा मृत्यु, अगंभंग र बिरामी हुने श्रमिकको कल्याणकारी अधिकारलाई सुनिश्चित गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गन्तव्य विदेशमा रहेका नेपाली श्रमिकलाई गन्तव्य मुलुकबाट नै श्रमस्वीकृति नवीकरण गर्न सूचना जारी गरेको हो ।

श्रमस्वीकृति नवीकरण नगरेका श्रमिकको मृत्यु भएमा वा अंगभंग र बिरामी हुँदा उपचारलगायत सामाजिक सुरक्षा सेवाबाट वञ्चित भएपछि श्रमस्वीकृति नविकरण गर्न मन्त्रालयले अनुरोध गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा.थानेश्वर भुसालले विदेशमा रोजगारीका लागि गएका नेपाली श्रमिकले आफूले लिएको श्रमस्वीकृतिको अवधि समाप्त हुनुअघि नै अनलाइन मार्फत आफू कार्यरत रहेको मुलुकबाट नै श्रम स्वीकृति नवीकरण गरी श्रमिक र उनीहरूका परिवारले पाउने कल्याणकारी सेवा सुविधा उपभोग गर्न अनुरोध गरिएको जानकारी दिए । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

prabhu bank
nawakantipur long