stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ललितपुर–२ मा एमालेका प्रेमबहादुर महर्जन निर्वाचित

Nimb long ad
Prabhu Insurance Long Ad

ललितपुर । ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेमबहादुर महर्जन निर्वाचित भएका छन् । निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार महर्जन १५ हजार ३५ मत प्राप्त गरी विजयी भएका हुन् ।

“कुल सदर मत ५१ हजार तीन सय ५५ मध्ये नेकपा एमालेका प्रेमबहादुर महर्जनले १५ हजार २५ मतसहित विजय हासिल गर्नुभएको हो”, उनले भनिन् ।

उनका प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले आठ हजार आठ सय ८६ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले आठ हजार छ सय ६६ मत प्राप्त गरे ।

साथै, सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले आठ हजार दुई सय ६४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रघुवरराज थापाले छ हजार छ सय ४६ मत प्राप्त गरे ।

prabhu mahalaxmi
kumari