sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

मादकपदार्थ बिक्री वितरण तथा सेवन नगर्न निर्देशन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । निर्वाचन आयोगले मतदानको मितिभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण र सेवन निषेध गराउन निर्देशन दिने निर्णय गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गर्न निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०७९ को दफा २५ मा निर्वाचन अधिकृत तथा मतदान अधिकृतलाई मतदान तथा मतगणनाको अवधिमा शान्तिपूर्ण अवस्था कायम राख्नका लागि मतदानको ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण र सेवन निषेध गराउन निर्देशन दिइएको आयोगले जनाएको छ ।

आयोगले गरेको चारबुँदे निर्देशनमा प्रचारप्रसार निषेध भएको अवधि (मतदान सुरू हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म) आवश्यक प्रबन्ध मिलाई मदिरा बिक्री, वितरण, ओसारपसार तथा सेवन गर्ने गराउने कार्यलाई पूर्णरूपले निषेध गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिने उल्लेख छ ।

मतदान सुरु हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण तथा ओसारपसारका कार्य स्थगन गरी शान्तिपूर्ण वातावरणमा, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न गराउन सहजीकरण र सहयोगको आवश्यक व्यवस्था मिलाउन मदिराको बिक्री वितरणको अनुमति प्राप्त गरेका व्यवसायीलाई निर्देशन दिइनेछ ।

मतदान सुरु हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्मको अवधिमा मदिरा बिक्री, वितरण, ओसारपसार तथा सेवन गर्ने गराउने कार्यको सूक्ष्म अनुगमन गरी आवश्यक कारवाहीको व्यवस्था मिलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभाग तथा अन्य सरकारी निकायका स्थानीय तहमा रहेका कार्यालयलाई निर्देशन दिने उल्लेख छ ।

आयोगको निर्देशनमा कहीँकतैबाट अवज्ञा भई मदिराको बिक्री वितरण, ओसारपसार र सेवन गरेको गराएको वा निर्वाचनको शान्ति भङ्ग गराएको पाइएमा आवश्यक कारबाहीका लागि नजिकको प्रहरीलाई सूचना गरी सहयोग गर्न आमनागरिकलाई अनुरोधसमेत गरेको छ ।

prabhu bank
nawakantipur long