stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

राष्ट्रिय सभाका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभाका १८ सदस्यको निर्वाचनका उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने कार्यतालिका रहेको छ ।

बुधबार भएको उम्मेदवारी दर्तामा सात प्रदेशका विभिन्न क्लस्टरमा ४४ जनाले उम्मेदवारी दिएका छन् । आयोगले उम्मेदवारी विरुद्ध आज बिहान १० बजेदेखि ४ बजेसम्म उम्मेदवारको विरुद्ध उजुरी दिन सकिने जानकारी दिएको छ ।

त्यस्तै आयोगले पुस २५ र २६ गते उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशन गर्ने, २७ गते उम्मेदवारी फिर्ता लिन सक्ने र २८ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको जानकारी दिएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ ।

सो बमोजिम प्रदेशसभा सदस्य ५४५ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एक हजार ४९८ गरी दुई हजार ४३ प्रारम्भिक मतदाता नामावली स्वीकृत भएको ती मतदातामध्ये प्रदेशसभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari