stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

निर्वाचन आयोगले यही पुष १९ गतेदेखि अस्थायी मतदाता नामावली सङ्कलन गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । निर्वाचन आयोगले अस्थायी मतदाता नामावली सङ्कलन कार्यक्रम सुरु गर्ने भएको छ ।कार्यक्रम अनुसार यही पुष १९ गतेदेखि माघ १८ गतेसम्म एक महिनाभित्र अस्थायी मतदाता नामावलीमा नाम समावेश हुने मतदाताको विवरण सम्बन्धित निकायका प्रमुखले प्रमाणित गरी प्रदेश वा जिल्लामा रहेका प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा पठाउनुपर्ने छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि यो अस्थायी मतदाता नामावली सङ्कलन गर्न लागिएको आयोगले जनाएको छ।

अस्थायी मतादाता नामावलीमा निर्वाचन आयोगले प्रकाशित गरेको मतदाता नामावलीको अन्तिम सूचीमा रहेका सरकारी वा सरकारी स्वामित्वमा रहेका कार्यालयमा काम गर्ने कर्मचारी, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा वा कैदी र सरकारी निकायबाट सञ्चालित बृद्धाश्रममा रहेका व्यक्तिहरुलाई समेटिने आयोगले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।

prabhu mahalaxmi
kumari