citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

स्थानीय तह उपनिर्वाचनको प्रचार–प्रसारका लागि कल सेन्टर सञ्चालनमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । निर्वाचन आयोगले यही मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनको प्रचारप्रसारका लागि कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

आयोगले मतदाताका प्रश्न, गुनासा र समस्या समाधान गरी मतदाता नामावली, निर्वाचन कार्यक्रम, उम्मेदवारी दर्ता, मतदान प्रक्रिया लगायतका सबै विषयमा आम मतदाता एव सर्वसाधारणलाई जानकारी गराउनका लागि आयोगको कार्यालयमा कल सेन्टर सञ्चालनमा ल्याएको हो ।

आयोगले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने गरी टोल फ्री नम्बर ११०२ रहेको कल सेन्टरको स्थापना गरेको आयोगले जनाएको छ ।

आयोगका अनुसार कल सेन्टरमा सम्पर्क राखेर उपनिर्वाचनका विषमय आफ्ना प्रश्न, गुनासा र जिज्ञासा राख्न आयोगले सबैलाई अनुरोध गरेको छ ।

gold
himalayan life insurance long ad