sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

पारिश्रमिक बढाउने आश्वासन दिएपछि शिक्षकहरू काममा फर्किए

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । शिक्षक आन्दोलनले रोकिएको काठमाडौँ र ललितपुरमा एसइई उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । उत्तरपुस्तिका परीक्षणको पारिश्रमिक बढाउनुपर्ने माग गर्दै शिक्षकहरूले ललितपुरमा सोमबारदेखि र काठमाडौँमा मंगलबारदेखि एसइईको उत्तरपुस्तिका परीक्षण रोकेका थिए ।

शिक्षक सङ्गठनहरूले उत्तरपुस्तिका परीक्षक, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकको पारिश्रमिक बढाउनुपर्ने माग राखेका थिए ।

राष्ट्रिय परीक्षा बोर्डले पारिश्रमिक बढाउने प्रक्रिया सुरु गरिसकेको आश्वासन दिएपछि शिक्षकहरू काममा फर्किएका हुन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार पारिश्रमिक बढाउने प्रक्रिया अघि बढिसकेको छ ।

जिल्ला शिक्षा समन्वय एकाइहरूका अनुसार काठमाडौँमा उत्तरपुस्तिका परीक्षण सुरु भएको र ललितपुरमा तयारीका केही काम सकेर शुक्रबारदेखि सुरु गर्ने तयारी छ ।

gold
kumari bank
nawakantipur long