macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

लक्ष्मी भ्यालु फन्ड–२ मा आवेदन दिने आज अन्तिम दिन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । लक्ष्मी भ्यालु फन्ड–२ मा आवेदन दिने आज (साउन १९ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

लक्ष्मी क्यापिटलले साउन ५ गतेदेखि म्युचुअल फन्डको इकाई बिक्री खुला गरेको हो । यसले बन्दमुखी योजना ‘लक्ष्मी भ्यालु फन्ड–२’ को कुल ८ करोड इकाई निष्कासन गरेको हो ।

यसमध्ये १ करोड २० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५५ कोष प्रवर्दधक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ ।

बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला भएको हो । यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईका लागि आवेदन दिन सकिनेछ ।

प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । यो १० वर्षे योजना हो । ‘लक्ष्मी भ्यालु फन्ड–२’ मा सी–आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सकिनेछ ।

himalayan life insurance
igi long
NTA long ad