citizens life insurance long ad
stcnepal long ad

मुद्दति निक्षेपमा ४१ करोड रुपैयाँ लगानी गर्दै केन्द्रीय बैंक

केन्द्रीय बैंकले २०८० साउन १६ गतेदेखि २०८१ साउन १६ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । केन्द्रीय बैंकले मुद्दति निक्षेपमा ४१ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागेको जानकारी दिएको छ ।

केन्द्रीय बैंकले २०८० साउन १६ गतेदेखि २०८१ साउन १६ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो ।

मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले साउन १२ गते बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाए पेश गर्नुपर्नेछ ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३२ करोड ८० लाख रुपैयाँ, ‘ख’ वर्गको विकास बैंकमा ६ करोड १५ लाख रुपैयाँ ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा २ करोड ५ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

मुद्दति आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष हुनुपर्ने, निष्कृर्य कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्नेछ ।

यसैगरी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने लगायतका नियम केन्द्रीय बैंकले तोकेको छ ।

IME Life
kumari