citizens life insurance long ad
stcnepal long ad

सानिमा बैंक लिमिटेड र Swisscontact/Nepal Agriculture Market Development Program Phase II बीच सहकार्य पत्रमा हस्ताक्षर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंक लिमिटेड र Swisscontact/Nepal Agriculture Market Development Program Phase II बीच कोशी प्रदेशको कृषि क्षेत्रमा प्रभावकारी रुपमा वित्तीय पहुँच पु¥याउने उद्देश्यले सहकार्य पत्रमा हस्ताक्षर भएको छ ।

कोशी प्रदेश अन्तर्गतका कृषि उद्यमीहरूको वित्तीय आवश्यकतालाई पूरा गर्न सहजीकरण, अभिमुखीकरण तथा सचेतना फैलाउने यस सहकार्यको उद्देश्य हुनेछ ।

यस सहकार्य अनुसार कृषि कर्जाको प्रक्रियालाई प्रबिधिकरण गर्ने, कृषि कर्जा सम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमहरुको सञ्चालन गर्ने, ग्राहक अभिमुखीकरण तथा व्यवसायिक साक्षरता कार्यक्रमहरूको आयोजना गर्ने तथा कृषि उद्यमीहरूको आवश्यकतालाई प्रभावकारी रूपमा पूरा गर्न बैंकका कर्मचारीहरूलाई प्रशिक्षण दिने जस्ता कार्यहरु गरिनेछ ।

उक्त अवसरमा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, तेज बहादुर चन्दले यस सहकार्यले सानिमा बैंकलाई कृषि व्यवसायमा थप सरल वित्त सेवा प्रदान गर्ने पहललाई थप सुदृढ बनाउन सहयोग पुग्ने जानकारी दिनुभयो । सानिमा बैंकको सातै प्रदेशमा गरी १३२ कार्यालयहरु र १२२ एटिएम् सञ्जालहरु सञ्चालनमा रहेका छन् ।

IME Life
kumari