stcnepal long ad
himalayan Everest Insurance long ad

नेपाल इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीले एन.आई.सी.सी.आई. दिवस २०२३ को उपलक्ष्यमा पहिलो संस्करणको न्युजलेटर अनावरण तथा द्धिपक्षीय व्यापार बैठक सम्पन्न

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री ले ‘जुन ५’ तारिखलाई द्विपक्षीय व्यापार बैठक – एन.आई.सी.सी.आई. दिवस २०२३ (NICCI DAY 2023) को घोषणा गरिएको छ ।

यस अवसरमा पहिलो संस्करणको न्यूजलेटर अनावरण गरिएको थियो । यो कार्यक्रमले नेपाल र इटालीबीचको व्यावसायिक सम्बन्धलाई पर्यटन, उद्योग, आयात, निर्यात बढाउन एन.आई.सी.सी.आई.को प्रतिबद्धतालाई जनाउँछ ।

यस विशेष क्षणमा इटालीका महामहिम राजदूत भिन्सेन्जो डे लुकाले प्रमुख अतिथिको आथित्य ग्रहण गर्नु भई सो अवसरमा महामहिम ज्युबाट प्रगाढ द्विपक्षीय सम्बन्धको प्रतीक तथा दिगो साझेदारीका लागि सहकार्यमा जोड दिँदै यस अवसरको महत्वलाई अझ प्रगाढ बनाउनुभयो ।

एन.आई.सी.सी.आईका अध्यक्ष सञ्जय अग्रवाल का अनुसार “एन.आई.सी.सी.आई. दिवस २०२३” ले चेम्बरको स्थापनादेखि हालसम्म गरेको उल्लेखनीय यात्रालाई चिन्तन गर्ने अवसर पनि प्रदान गरेको छ ।

यो कार्यक्रम उत्सव र आत्म निरीक्षणको प्रतिक थियो र सहभागीहरूले उपलब्धि र उज्ज्वल भविष्यको लागि कामना गर्नुभयो । यस कार्यक्रमले द्विपक्षीय व्यापारप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्ने, नवप्रवर्तनलाई बढावा दिने, दिगो विकास तथा समृद्धिलाई अगाडि बढाउने र बलियो साझेदारीलाई बढावा दिने महत्वमा जोड दिएको छ ।

यस बैठकमा इटालीका लागि नेपाल का महावाणिज्य दुत श्रीमती प्रतिमा राणा पाण्डे ले स्वागत मन्तव्य व्यक्त गर्दै एन.आई.सी.सी.आई.का अध्यक्ष संजय अग्रवाल लाइ बधाई ज्ञापनका साथै पहिलो सस्करणको न्यूजलेटरको लागि बधाई तथा शुभकामना व्यक्त गर्नुभयो, साथै नेपाल इटाली चेम्बर अफ कमर्शका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ ले विगतमा सफलतापुर्वक सम्पन्न भएका कार्यक्रमहरु साथै भविष्यका भावी योजनाहरुलाई इंगित गर्दै स्वागत मन्तव्य व्यक्त गर्नुभयो ।

यस विशेष अवसरमा इटालीका महामहिम राजदूत भिन्सेन्जो डे लुकाले नेपाल इटालीको भावी योजना साथै पर्यटन, आयात निर्यात, तथा उद्योगलाई कसरी अझ व्यवस्थित ढंगले अगाडी बढाउने र नेपाली कफी, नेपाली हस्तकलाका सामग्रीहरु आदिलाई इटालीमा बजार प्रवद्र्धन गर्ने साथै इटालीमा आप्रवासी नेपालीको समाजलाई उजागर गर्दै व्यवसाय र उद्योगलाई प्रवद्र्धन गर्ने कुरालाई जोड दिँदै नेपाल–इटालीको सम्बन्धलाई अझ बलियो बनाउने कुरामा जोड दिनुभयो साथै पहिलो संस्करणको पत्रिकाको अनावरण गर्नुभयो ।

२२ जेठ २०८०, सोमवार २०:३७ बजे प्रकाशित

NTA long ad