citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सिटिजन्स बैंकद्वारा काठमाडौँको काँडाघारीमा १८३ औं शाखा संचालनमा

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । विगत १७ वर्ष देखि सर्वसाधारण माझ अनवरत रूपले सरल र सहज बैंकिंङ्ग सेवा पु¥याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८३ औं शाखा काठमाण्डौँको काँडाघारीमा संचालनमा ल्याएको छ ।

आज २०८० जेठ १७ गते उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरिएको छ । यस संगै काठमाडौं उपत्यका भित्र सिटिजन्स बैंकको ३६ शाखा संचालनमा आएका छन् ।

सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

साथै आधुनिक बैंकिंङ्ग प्रणालिलाई सधै प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंकले यस अघि नै कियोस्क (Kiosk), ई.के.वाई.सी।(E-KYC) तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ ।

साथसाथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्र(Customer Support Centre)को समेत स्थापना गरिसकेको छ ।

जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन 01-5970068 नम्बरमा फोन गरी तथा support@ctznbank.com मा ईमेल गरी प्राप्त गर्न सक्नुहुनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ७२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

himalayan life insurance
igi long