citizens life insurance long ad
stcnepal long ad

सांग्रिला डेभलपमेन्ट बैंक र एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसबीच सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसबीच बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता भएको छ ।

उक्त  सम्झौतामा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसबीको तर्फबाट निर्देशक डा. सबिन ढकालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसबीले बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारहरुलाई विभिन्न किसिमका आँखा सम्बन्धी ओपीडी प्याकेज तथा अन्य प्याकेज सेवा लगायतका माग अनुसारका अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथै सहज तरिकाबाट सेवा प्रदान गर्नेछ ।

आँखा चेक जाँचमा बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

IME Life
kumari