citizens life insurance long ad
stcnepal long ad

को बन्दैछ भन्सारको महानिर्देशक (डिजी )?

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका छन। उनको सरूवासँगै उपमहानिर्देशक सेवन्तक पोखरेलले निमित्तको जिम्मेवारी पाएका छन।

अर्थमन्त्री परिवर्तन भएसँगै कर्मचारी हेरफेर प्रक्रिया शुरु भैरहेको छ । अर्थमन्त्री डा। प्रकाश शरण महतले आफू अनुकुलका टिम अर्थमा भित्राएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका भुपाल बराल र श्रम तथा रोजगार मन्त्रालयका रहेका उत्तरबहादुर खत्री र बाबुराम सुवेदी पनि अर्थ मन्त्रालयमा भित्रिएका छन् ।

अर्थ मन्त्रालयमा आउने नयाँ सहसचिवमा भुपाल बराल, उत्तरकुमार खत्री र बाबुराम सुवेदी छन्। भुपाल बरालले संस्थान महाशाखा प्रमुखको जिम्मेवारी पाएका छन्।

त्यस्तै खत्रीलाई बजेट महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ भने सुवेदीलाई भन्सार विभागको जिम्मेवारी दिने सम्भावना रहेको छ। हुन त ठुलाकरदाता कार्यालय हरिहरभवनका प्रमुख कर प्रशासक राजेश्वर ज्ञवाली पनि भन्सार विभाग वा आन्तरिक राजस्व विभागको महानिर्देशक ताक्दैछन।

बजेटपछि आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीको सरुवा नभए बराल,खत्री, सुवेदी र ज्ञवाली मध्ये एक जना सहसचिव भन्सार विभागका महानिर्देशक बन्ने निश्चित जस्तै छ ।

सम्पत्ति शुद्विकरण अनुसन्धान विभागका महानिर्देशक तारानाथ अधिकारीले विगत आठ महिनामा तीन वटा मात्र मुद्दा दर्ता गरेर विभागको क्षमता र ओैचित्य माथि नै प्रश्न उठाएका छन। उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मावली भाइ नाता पर्दछन।

IME Life
kumari