stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राजस्व भन्दा साँढे दुई खर्ब खर्च बढी : सरकार घाटामा

चालू आर्थिक वर्षका लागि चालू शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड रूपैयाँ बराबरको बजेट ल्याइएकामा हालसम्म ७ खर्ब ८६ अर्ब ७४ करोड रूपैयाँ बराबर खर्च भएको छ।

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। चालू आर्थिक वर्षको २०८० बैशाख मसान्तसम्म सरकारी खर्चको तुलनामा राजस्व संकलन न्यून हुँदा वित्तीय घाटा बढ्दै गएको देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्म सरकारको आम्दानीभन्दा खर्च साढे २ खर्बले बढी गरेको छ।

यो अवधिमा १० खर्ब ४७ अर्ब रूपैयाँ बराबर सरकारी खर्च हुँदा राजस्व संकलन,ऋण र अनुदान प्राप्ति ७ खर्ब ९७ अर्ब रूपैयाँ बराबर मात्रै भएको महालेखाले विवरण सार्वजनिक गरेको छ।

महालेखाका अनुसार १० महिनामा सरकारले वार्षिक विनियोजनको ५८/४१ प्रतिशत बराबर बजेट खर्च गरेको छ। सरकारले चालू आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रूपैयाँ बराबरको बजेट ल्याएको थियो।

यसमध्ये हालसम्म १० खर्ब ४७ अर्ब ७६ करोड १० लाख रूपैयाँ बराबर खर्च भैसकेको छ। गत वैशाख मसान्तसम्म चालू खर्च ६६.४९, पुँजीगत खर्च ३३.०४ र वित्तीय व्यवस्थातर्फको खर्च ५८.७९ प्रतिशत बराबर रहेको छ।

चालू आर्थिक वर्षका लागि चालू शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड रूपैयाँ बराबरको बजेट ल्याइएकामा हालसम्म ७ खर्ब ८६ अर्ब ७४ करोड रूपैयाँ बराबर खर्च भएको छ।

त्यस्तै, ३ खर्ब ८० अर्ब ३८ करोड बराबरको विकास बजेट चालू आर्थिक वर्षका लागि छुट्याइएकामा १० महिनामा १ खर्ब २५ अर्ब ६७ करोड रूपैयाँ बराबर मात्रै खर्च भएको महालेखाले जनाएको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्म सरकारको आम्दानीभन्दा खर्च साढे २ खर्बले बढी देखिएको छ।

यस अवधिमा भएको बजेट खर्चको अवस्था हेर्दा पुँजीगत शीर्षकमा भन्दा वित्तीय व्यवस्थातर्फको बजेट खर्च धेरै रहेको देखिन्छ। वैशाख मसान्तसम्म वित्तीय व्यवस्थातर्फ १ खर्ब ३५ अर्ब ३३ लाख बराबर खर्च भएको छ।

वित्तीय व्यवस्था शीर्षकमा हुने खर्च मुख्यगरी सरकारी ऋणको साँवा ब्याज लगायतमा भुक्तानी हुने खर्च हो। वैशाख मसान्तसम्म सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको ५४.६६ प्रतिशत बराबर छ।

चालू आर्थिक वर्षका लागि १४ खर्ब ३ अर्ब १४ करोड रूपैयाँ बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको सरकारले हालसम्म ७ खर्ब ५६ अर्ब २५ करोड ३१ लाख रूपैयाँ बराबर मात्रै असुल गर्न सकेको छ।

त्यस्तै, चालू आर्थिक वर्षका लागि ५५ अर्ब ४५ करोड ८३ लाख रूपैयाँ बराबर वैदेशिक अनुदान लिने सरकारी लक्ष्य रहेकामा वैशाख मसान्तसम्ममा लक्ष्यको ८.६६ प्रतिशत अर्थात् ४ अर्ब ८० करोड रूपैयाँ बराबर मात्रै अनुदान आएको छ।

गत वर्षको वैशाख मसान्तसम्मको तुलनामा यस वर्षको सोही अवधिमा आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) घटेको छ भने अन्तःशुल्क असुली बढेको देखिन्छ।

चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म १ खर्ब ५९ अर्ब ५ करोड रूपैयाँ बराबर आयकर संकलन भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ७३ अर्ब ४० करोड रूपैयाँ बराबर आयकर संकलन भएको थियो ।

त्यस्तै, गत वर्षको तुलनामा भ्याट पनि न्यून उठेको देखिन्छ। गत वर्ष वैशाख मसान्तसम्म ९० अर्ब ६८ करोड भ्याट उठेकामा चालू आर्थिक वर्षको सोही अवधिमा ८८ अर्ब ६७ लाख रूपैयाँ मात्र बराबर असुली भएको महालेखाको विवरण उल्लेख छ।

गत वर्षको तुलनामा अन्तःशुल्क भने केही बढेको देखिन्छ। वैशाख मसान्तसम्म ८४ अर्ब ११ करोड बराबर अन्तःशुल्क असुली भएको छ। गत वर्षको सोही अवधिमा अन्तःशुल्क ८३ अर्ब ८८ करोड रूपैयाँ बराबर थियो। नीरज रन्जितबाट

prabhu mahalaxmi
kumari