stcnepal long ad
global ime bank long

सेवा लिनुअघि प्रस्ट जानकारी लिनूस् : राष्ट्र बैंक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट कुनै पनि सेवा लिनुअघि सोसँग सम्बन्धित सम्पूर्ण सर्त तथा सोबापत लाग्ने सम्पूर्ण शुल्कका बारेमा बुझेर मात्र सेवा लिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ ।

कसैको बहकाउमा लागेर सम्पूर्ण जानकारी नलिई यस्ता सेवा लिन नहुने भन्दै राष्ट्र बैंकको सूचनामा भनिएको छ, “बैंक तथा वित्तीय संस्थाबाट कुनै पनि सेवा लिनुअघि सोसँग सम्बन्धित सम्पूर्ण सर्त तथा सो बापत लाग्ने सम्पूर्ण शुल्कका बारेमा बुझेर र विभिन्न संस्थाका सेवाहरू दाँजेर आफूलाई उपयुक्त हुने सेवा मात्र लिनुपर्दछ ।”

बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीलाई वित्तीय सेवा सम्बन्धी सर्त, शुल्क, हर्जाना, जरिवाना, कमिसन आदिका बारेमा सरल एवं स्पष्ट भाषामा निःशुल्क रूपमा जानकारी उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएकोतर्फ पनि राष्ट्र बैंकले ध्यानाकर्षण गराएको छ ।

ग्राहकलाई सम्पूर्ण विषय सरल भाषामा बुझाएर मात्र व्यावसायिक सम्बन्ध स्थापना गर्नु बैंकतथा वित्तीय संस्थाको दायित्व हो, सूचनामा उल्लेख छ ।

वित्तीय सेवाका सर्त तथा शुल्कका बारेमा प्रश्न गर्दा स्पष्ट जानकारी नपाइएमा सम्बन्धित संस्थाका गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्न राष्ट्र बैंकले एक सूचना मार्फत आग्रह गरेको छ ।

IME Lifesidebar
kumari