citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

निर्धक्क भएर बैंकिङ सेवा दिन बैंकहरुलाई आग्रह:  गभर्नर अधिकारी

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सोमबार वाणिज्य बैंकका प्रमुख कार्यकारीसँग छलफल गरेका छन् ।

होटल  याक एण्ड यतीमा भएको छलफलमा सबै वाणिज्य बैंकका प्रमुख कार्यकारीहरु सहभागी थिए । छलफलमा गभर्नर अधिकारीले बैंकहरुको खराब ऋण र रिकभरीका बारेमा चासो राखेका थिए ।

पछिल्लो समय खराब कर्जा केही बढेको वा बढ्ने अवस्था भएपनि बैंकहरु समस्याग्रस्त बन्ने अवस्था नरहेको भन्दै निर्धक्क भएर बैंकिङ सेवा दिन बैंकहरुलाई आग्रह गरेको छलफलमा सहभागि एक बैंकरले बताए ।

गभर्नर अधिकारीले वित्तिय संस्थामाथिको विश्वसनियता नै प्रमुख कुरा भएको भन्दै निक्षेपकर्तालाई कुनै समस्या हुन नदिने विश्वास बैंकरले दिलाउनुपर्नेमा जोड दिएका थिए । बैंकरहरुले पनि निक्षेपकर्ताको निक्षेप सुरक्षित राख्न आफूहरु तयार रहेको बताएका थिए ।

छलफलकै सुरुवातमा डेपुटी गभर्नर बमबहादुर मिश्रले नेपालको बैंकिङ क्षेत्र अहिले पनि स्वस्थ रहेको भन्दै बैंकहरुले नियामक निकायको निर्देशन पालन गर्दै अगाडि बढ्नुपर्ने बताएका थिए ।

राष्ट्र बैंकले केही राहतको संकेत दिने अपेक्षाका साथ छलफलमा सहभागी भएका बैंकरलाई गभर्नरले कुनै नीतिगत परिवर्तनको वा राहतको संकेत गरेनन् ।

himalayan life insurance
igi long