stcnepal long ad
global ime bank long

राष्ट्र बैंकले चाँदीको हस्तकला निर्यात प्रवर्द्धनका लागी चाँदी आयातमा लचकता देखायो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्यात गर्ने चाँदी व्यवसायीलाई चाँदी बिक्री गर्दा वाणिज्य बैंकले मासिक १ किलोग्राम भन्दा बढी गर्न नपाउने प्रावधान खारेज गरेको छ ।

निर्यात व्यवसायीलाई चाँदी बिक्री गर्दा खण्ड (घ( को बुँदा (१) देखि (४) सम्मका व्यवस्था समेत पालना हुनुपर्ने भएपनि निर्यात प्रयोजनको चाँदीको बिक्रीमा परिमाणात्मक बन्देज हटाइएको छ ।

चाँदी आयातमा भुक्तानीको सीमा अन्तर्गत खण्ड (क) बमोजिम चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर साठ्ठी हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने प्रावधान लागू गरिएको छ । यो रकम यसअघि जम्मा ३५ हजार अमेरिकी डलर मात्र रहेको थियो ।

चाँदीको गरगहना, कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीलाई वाणिज्य बैंकले तल मापदण्डको आधारमा सटही सुविधा प्रदान गर्न सक्नेछः

(१) निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतीतपत्र वा विदेशबाट खरिद आदेश ।

(२) बुँदा (१) को कागजातमा उल्लिखित मूल्य सम्मको चाँदी आयातको लागि सटही सुविधा प्रदान गर्न सकिनेछ । सोका लागि प्रति पटक अमेरिकी डलर साठ्ठी हजारको सटही सीमा लागू हुने छैन ।

(३) सटही सुविधा दिने सम्बन्धित वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा सो पूर्व सटही सुविधा प्रदान भएको भए सो अन्तर्गत चाँदी आयात भई तोकिएबमोजिम निर्यात भए,नभएको यकिन गर्नु पर्नेछ ।

(४) सम्बन्धित वाणिज्य बैंक बाहेक अन्य वाणिज्य बैंकबाट चाँदी आयातको सटही सुविधा लिई निर्यातको भुक्तानी लिन वक्यौता नरहेको सम्बन्धी स्वघोषणा गर्नुपर्नेछ।

IME Lifesidebar
kumari