stcnepal long ad
global ime bank long

एनएमबि बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो ।

यसमध्ये १६ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी २४ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक १०.७५ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘एनएमबि डिबेन्चर १०.७५ प्रतिशत – २०८९/९०’ जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ ।

IME Lifesidebar
kumari