citizens life insurance long ad
stcnepal long ad

एभरेष्ट बैंकद्वारा नेपाल प्रहरी – एभरेष्ट बैंक छात्रवृत्ती अक्षय कोष स्थापना

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रवृत्ती अक्षय कोष स्थापना गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी कल्याण कोष बिच २५ लाख मात्र को “नेपाल प्रहरी – एभरेष्ट बैंक अक्षय कोष” को स्थापना गर्ने सम्बन्धमा बैंक र नेपाल प्रहरीबीच सम्झौता भएको हो ।

नेपाल पुलिस स्कुलहरुमा अध्ययन गर्ने अमररसहिद एवम् अशक्त, अवकाश प्राप्त, प्र.का.स. देखि प्र.व.ह. दर्जा सम्मका उत्कृष्ट अंक प्राप्त गर्ने नेपाल प्रहरीका सन्ततीहरुलाई उत्प्रेरणा स्वरुप जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ उक्त कोष स्थापना गरेको हो ।

उक्त कार्यक्रममा नेपाल प्रहीका प्रहरी महानिरिक्षक धिरज प्रताप सिंह र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुदेश खालिङको उपस्थितिमा नेपाल प्रहरी कल्याण कोषका प्रहरी वरिष्ठ उपरिक्षक केदार ढकाल र बैंकका नायब महाप्रबन्धक केशव राज पौडेलले हस्ताक्षर गरेका हुन् ।

सो कार्यक्रमा नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरुका साथै बैंकका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख श्री पुष्प राज उप्रेतीको समेत उपस्थिति रहेको थियो ।

सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले उक्त स्थापना गरिएको अक्षय कोषबाट नेपाल प्रहरीका अमररसहिद एवम् अशक्त, अवकाश प्राप्त अधिकारीहरुका सन्ततीहरुलाई स्थापित अक्षय कोषले शैक्षिक जिवन उन्नत बनाउने विश्वास व्यक्त गरे ।

पंजाब नेशनल बैंक भारतसंग संयुक्त साझेदार रहेको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् । देशैभरी छरिएर रहेको आफ्नो १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

IME Life
kumari