evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

हिमालयन बैङ्क र सिभिल बैङ्कको शुक्रबारदेखि एकीकृत कारोबार

Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका हिमालयन बैङ्क लिमिटेड र सिभिल बैङ्कको शुक्रबारदेखि एकीकृत कारोबार सुरु हुने भएको छ ।

दुवै बैङ्कको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत कारोबार शुक्रबारदेखि ‘हिमालयन बैङ्क लिमिटेड’को नामबाट हुन लागेको हो ।

नेपाल राष्ट्र बैङ्कको सञ्चालक समितिको निर्णयानुसार इजाजतपत्र प्राप्त संस्था हिमालयन बैङ्क लिमिटेडले सिभिल बैङ्क लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी साबिकको संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व आफूमा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत रूपमा हुने सूचनामा उल्लेख छ ।

बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने–गाभिने(मर्जर) तथा प्राप्ति (एक्विजिसन)सम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन २०७९) को विनियम ११ को उपविनियम (७) बमोजिम सर्वसाधारणको जानकारीका लागि राष्ट्र बैङ्कले सूचना प्रकाशित गरेको छ ।

igi long
himalayan life insurance long ad