नेपाल राष्ट्र बैंकले २ अर्ब ५० करोडको नागरिक बचतपत्र विक्री गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन १० गतेबाट ५ वर्ष अवधिको नागरिक बचतपत्र २०८४ ‘क’ विक्री खुला गर्ने भएको छ । राष्ट्र बैंकले २ अर्ब ५० करोड बराबरको बचतपत्र विक्री गर्न लागेको हो ।
यसको वार्षिक ब्याजदर ११ दशमलव ५० प्रतिशत छ । ब्याज ६६ महीनामा भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । यस बचतपत्र नेपाली नागरिकले मात्र खरीद गर्न पाउनेछन् । बचतपत्र फागुन ३० गतेसम्म विक्रीमा रहनेछ ।
उक्त बचतपत्रमा न्यूनतम १० हजार र अधिकतम कुल निष्काशन रकमका लागि आवेदन दिन सकिनेछ । यस बचतपत्र खरीदका लागि ईच्छुक खरीदकर्ताले राष्ट्र बैंकको वेबसाइट अन्तर्गत मनिटरी म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन पेस गर्न सक्ने जनाएको छ ।