stcnepal long ad
global ime bank long

नेपाल राष्ट्र बैंकले नौ वाणिज्य बैंकलाई कारबाही

नेपाल राष्ट्र बैंकले नौ वाणिज्य बैंकलाई नगद जरिवाना तथा सचेत गराएर कारबाही गरेको छ ।

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नौ वाणिज्य बैंकलाई नगद जरिवाना तथा सचेत गराएर कारबाही गरेको छ । सम्पत्ति शुद्धीकरण लगायत वित्तीय नियामकीय प्रावधान कार्यान्वयनमा अटेरी गरेपछि राष्ट्र बैंकले ती वाणिज्य बैंकका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई जरिवाना र सचेत गराएको हो ।

राष्ट्र बैंकले बुधबार सूचना जारी गर्दै चार वाणिज्य बैंकलाई नगद जरिवाना र अन्यलाई सचेत गराएको हो । बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन, राष्ट्र बैंकको एकीकृत निर्देशन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनका विभिन्न प्रावधानदेखि कर्जा सूचना तथा कालोसूचीसम्बन्धी विभिन्न प्रावधान उल्लङ्घन गरेको पाइएकाले यस्तो कारबाही गरिएको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागले जनाएको छ ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको पालना नगरेको कसुरमा प्रभु, कुमारी, साबिक बैंक अफ काठमाण्डू र प्राइम कमर्सियल बैंक ५०/५० लाख रुपियाँ जरिवानामा परेका छन् । प्रभु बैङ्कलाई कर्जा सूचना तथा कालोसूचीसम्बन्धी व्यवस्था पालना नगरेको कसुरमा पनि सचेत गराइएको छ ।

नेपाल राष्ट्र बैंकले माछापुच्छे  बैंकका प्रमुख कार्यकारी अधिकृतलाई जोखिम भारित सम्पत्ति गणना नगरेका कारण पुँजीकोष पर्याप्तताको यथार्थ विवरण पेस नगरेको अभियोगमा कारबाहीस्वरूप सचेत गराएको छ । सो बैंकलाई ऋण प्रवाह पश्चात् एकीकृत निर्देशनको प्रावधान विपरीत हुने गरी प्रिमियममा चलखेल गरेकामा पनि सचेत गराइएको छ ।

प्रिमियममा निर्देशनविपरीत चलखेल गरेको पाइएपछि साबिकको नेपाल इन्भेस्टमेन्ट बैंक (हालको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक) र सिभिल बैंक पनि कारबाहीमा परेका छन् ।

बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन अनुसार एक पटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्तावपत्रमा उल्लेख गरी ऋण उपलब्ध गराए पश्चात् प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः बढाउन पाइँदैन तर राष्ट्र बैङ्कले गरेको अध्ययनका क्रममा ती बैंकले यस्तो प्रावधान उल्लङ्घन गरेको देखिएपछि यी बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।

त्यस्तै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बैंकतथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को प्रावधान विपरीत थप सुविधा दिएको भन्दै कारबाही गरिएको छ ।

नबिल बैंकलाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था अनुसार ग्राहक पहिचान सम्बन्धी व्यवस्था कार्यान्वयन नगरेको भन्दै सचेत गराइएको केन्द्रीय बैंकले जनाएको छ ।

IME Lifesidebar
kumari