adbl long ad
nabil bank
stcnepal long ad
national life

मोबाइल बैंकिङप्रति सेवाग्राहीको आकर्षण

civilbank long ad
citizens life insurance long ad
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । पछिल्लो समय मोबाइल बैंकिङप्रति सेवाग्राहीको आकर्षण बढ्न थालेको छ । बैंकमा गएर पैसा निकाल्नेभन्दा मोबाइल बैंकिङबाट नै भुक्तानी गर्नेको सङ्ख्या बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले इलाममा शुक्रबार आयोजना गरेको डिजिटल बैंकिङ साक्षरता कार्यक्रममा मोबाइल  बैंकिङ, वालेट, क्युआर कोड  प्रयोग गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको जानकारी दिइएको हो ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका सहायक निर्देशक प्रकाश राईका अनुसार १८ लाख जनाले डिजिटल बैंकिङ प्रयोग गर्ने गरेको बताउनुभयो । त्यस्तै एक करोड ५५ लाख जनाले वालेट प्रयोग गर्ने गरेका छन् । क्युआरबाट मात्र हरेक महिना २० अर्बको कारोबार हुने गरेको छ ।

इन्टरनेट वालेट सञ्चालनका लागि २७ वटा कम्पनीले अनुमति पाएका छन् । सबै हाल सञ्चालनमा नरहेको सहायक कार्यकारी निर्देशक राईले बताउनुभयो । वार्षिक रुपमा इन्टरनेटबाट कारोबार गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो समय इन्टरनेटबाट नै रकम कारोबार गर्ने बढे पनि यसमा चुनौती बढेको सहभागीको भनाइ छ । यसले नियामक निकायलाई चुनौती बढेको भन्दै सजग भएर प्रविधिको प्रयोग गर्न सेवाग्राहीलाई आग्रह गरिएको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भगवत आचार्यले सो अवसरमा एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उहाँले पछिल्लो समय प्रविधिबाट कारोबार गर्ने बढे पनि झुक्याएर रकम निकाल्ने गिरोह सक्रिय रहेको बताउनुभयो । उहाँले विद्यतुीय माध्यमबाट कारोबार बढेपछि देशलाई फाइदा मिल्ने उहाँको भनाइ थियो ।

६ माघ २०७९, शुक्रवार २०:०८ बजे प्रकाशित

Election
stcnepal long ad