माछापुच्छ्रे बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । माछापुच्छ्रे बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
सभाले आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, नाफा नोक्सान बोडफोड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु छलफल गरी पारित गरेको छ ।
सभाले यस बैंकको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल लिमिटेडको आ.व. २०७८/७९ को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । हाल बहालवाला लेखापरीक्षक एस.ए.आर. एशोसिएट्स, कम्पनी ऐन, २०६३ को दफा १११ (३०) तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा बमोजिम पुनः नियुक्ती हुन योग्य हुने प्रस्ताव पारित गरेको छ ।
सभाले संचालक समितिमा रिक्त रहेको संचालक पदमा संचालक समितिले साविक संचालकको बाकी कार्यकाल सम्मको लागि गरेको संचालकको नियुक्ती अनुमोदन गर्ने, संस्थापक समूहका सेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गरेको छ ।
माछापुच्छ्रे बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न गाभिन मर्जर गर्न वा प्राप्ती गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्गनको लागि मूल्याङ्गनकतां नियुक्ती गर्न, गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्झौता गर्न, वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।
बैंकले आ. व. २०७८/७९ मा १.६८ अर्ब खुद मुनाफा आर्जन गर्दै, वासलातको आकारमा १३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । त्यस्तै सोहि अवधिमा बैंकको कुल निक्षेप १५०.१० अर्ब पुगेको छ भने कुल कर्जा १३१.२७ अर्ब पुगेको छ ।
यसका साथै गत आ.व. बैंकले आफ्नो लगानी २३.०८ प्रतिशतले वृद्धि गरी २४.१३ अर्ब पुर्याएको छ भने बैंकको निष्कृय कर्जा अनुपात १.०४ प्रतिशत कायम गर्न सफल भएको छ ।
बैंकले हाल देशका सातै प्रदेशमा १६५ शाखा, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०६ एटिएम तथा १० एक्सटेन्सन काउण्टरको माध्यमबाट १४ लाख भन्दा बढि ग्राहकलाई सेवा दिइरहेको छ ।


























