stcnepal long ad
global ime bank long

माछापुच्छ्रे बैंकले ल्यायो एसएमएस प्रमाणिकरण प्रविधि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल मै पहिलोपटक माछापुच्छ्रे बैंकले ल्यायो एसएमएस प्रमाणिकरण प्रविधि ल्याएको छ । बैंकले आफ्नो मोवाईल बैंकिङ्ग एप एमबिएलएम स्मार्टलाई अझ बढि सुरक्षित र भरपर्दो बनाउने उद्धेश्यका साथ नयाँ प्रविधि थप गरेको जनाएको हो ।

बैंकले यो सेवा थप गरेसंगै बैंकका  ग्राहकहरुको  मोवाईल बैंकिङ्ग सेवा थप सुरक्षित र भरपर्दो बन्न पुगेको बैंकले जनाएको छ ।

बैंकले पछिल्लो समय मोवाईल बैंकिङ्ग एप मार्फत देखिएका विभिन्न शंकास्पद गतिविधिहरु र अनाधिकृत कारोबारहरु कम गर्न र ग्राहकलाई सुरक्षित राख्न आफ्नो मोवाईल बैंकिङ्ग एप एमबिएल एम स्मार्टमा नेपाल मै पहिलोपटक उच्च सुरक्षा सतर्कताका साथ एस।एम।एस प्रमाणिकरण प्रविधि थप गरेको उल्लेख गरेको छ ।

बैंकका अनुसार मोवाईल बैंकिङ्गमा हाल ओटिपि सेयर मार्फत सवैभन्दा धेरै अनाधिकृत कारोबारहरु भईरहेको पाइएको छ ।

विभिन्न लक्की ड्र, ठुलो रकमको चिठ्ठा परेको लगायतका प्रलोभन देखाएर आफ्नो मोवाईलमा प्राप्त हुने ओटिपि सेयर गर्न लगाई ह्याक्रहरुले ठुलो मात्रामा अनाधिकृत कारोबारहरु गरिरहेको पाईएको अहिलेको समयमा उक्त समस्यालाई रोक्नका लागि आफ्ना्े एपमा नयाँ प्रविधिको सुरुवात गरिएको बैंकले जनाएको छ ।

बैंकले यस प्रविधिको शुरुवात गरे सँगै ग्राहकबाट ओटिपी प्राप्त गरी मोबाइल बैंकिगमा पहुँच प्राप्त गर्ने सम्भावना बन्द भएको बैंकले उल्लेख गरेको छ ।

 

IME Lifesidebar
kumari