stcnepal long ad
ime life insurance
national life
global ime bank long

इकोनोमिक मिडिया सोसाइटीमा नयाँ नेतृत्व चयन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडों । आर्थिक समाचारहरुलाई प्राथमिता दिने मिडियाहरुको संगठन इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) मा नयाँ नेतृत्व चयन गरिएको छ । शुक्रबार ललितपुरको कोटडाडामा सम्पन्न संस्थाको पाँचौं बार्षिक साधारणसभाले बिजखबर डटकमका सञ्चालक रामराजा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षद्धयमा बिजशाला डटकमका सोमनाथ बास्तोला, बिजपाटी डटकमका सञ्चालक लोचन खतिवडा, महासचिवमा सिंहदरबार डटकमका नारायण पौडेल, सचिवमा टक्सार म्यागाजिनका हिम विष्ट, सहसचिवमा अर्थपथ डटकमका बिष्णु जम्कटेल (तारुके), कोषाध्यक्षमा इन्स्योरेन्स खबर डटकमका केशव प्रसाद भण्डारी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल, अर्थसंसार डटकमका मिलन खड्का, आर्थिकआवाज डटकमका सुरेन्द्र पौडेल र अर्थतन्त्र डटकमकी सुवद्रा थापा सर्वसम्मत चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले देशको आर्थिक विकासमा आर्थिक सञ्चार माध्यमहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।

आर्थिक मिडियाहरुको व्यवसायिक विकास र दक्षता अभिवृद्धिका लागि ६ बर्षअघि स्थापना भएको इम्शनमा यसअघि कर्पोरेट नेपालका सीताराम विलासी अध्यक्ष थिए ।

संस्थाले बिभिन्न खालका आर्थिक विषयमा बहस संचालनका साथै नीतिगत सुधारका लागि पहल गर्दै आएको छ । हाल इम्शनमा विभिन्न विधाका २७ वटा आर्थिक मिडियाहरु आवद्ध रहेका छन् ।

 

IME Lifesidebar
kumari