citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सेञ्चुरी कमर्सियल बैंकको १२औं वार्षिक साधारण सभा सम्पन्न 

लाभांश र मर्जरको विशेष प्रस्ताव पारित

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो ।

बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफ बाट ४ दशमलव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव २५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारण सभाले उक्त प्रस्ताव पारित गरेको छ ।

बैंकको सभामा आर्थिक वर्ष २०७८/८९ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रभाव विवरण सहितको वित्तीय विवरणहरु अनुसूचीहरु समेत छलफल गरि पारित गरेको छ ।

त्यस्तै, सभाले लेखापरिक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गरेको छ । विशेष प्रस्ताव अन्तर्गत प्रभु बैंकसँग मर्जरमा जाने, मर्जर सम्बन्धमा हालसम्म भए गरेका कामकारवाही अनुमोदन गरेको छ ।

साथै, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट मर्जर प्रक्रियामा तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रकियामा संशोधन गर्न निर्देशन आएमा सो सम्बन्धि कार्यहरु गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारित गरेको छ ।

himalayan life insurance
igi long