citizens life insurance long ad
stcnepal long ad

नेपाल बैंकर्स संघको कार्यवहाक अध्यक्षमा सुनिल केसी चयन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायको कार्यकाल सकिएको छ । यो सँगै उनी वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैकर्स संघको अध्यक्षबाट बाहिरिएका छन् ।

उनी बाहिरिएसँगै बैंकर्स संघको कार्यवहाक अध्यक्षको जिम्मेवारी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले पाएका छन् । केसीले अर्को अध्यक्ष चयन नभएसम्मका लागि कार्यवाहक अध्यक्ष भएका हुन् ।

शुक्रबार बसेको संघको बैठकले एनएमबि बैंकका सीइओ केसीलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।

उपाध्यायको कृषि विकास बैंकको कार्यकाल नविकरण नहुने भएपछि संघको अध्यक्षबाट बाहिरिएका हुन् ।

IME Life
kumari