सिद्धार्थ बैंकको १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य नाफाबाट चुक्तापूँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले शेयरधनीलाई १२ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ० दशमलव ६६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।