citizens life insurance long ad
stcnepal long ad

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको शेयर कारोबार फुकुवा

अब भोलि बुधबारदेखि कम्पनीको शेयर कारोबार गर्न सकिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको शेयर कारोबार फुकुवा भएको छ । नेप्सेको आज मंसिर २० गतेको निर्णय अनुसार कम्पनीको शेयर कारोबार फुकुवा भएको हो ।

अब भोलि बुधबारदेखि कम्पनीको शेयर कारोबार गर्न सकिने भएको छ । नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । यी २ बैंकले एक आपसमा मर्जर सम्झौता गरेपछि शेयर कारोबार रोक्का भएको थियो ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम मर्जर तथा प्राप्तिमा जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था अनुसार दुवै कम्पनीको शेयर कारोबार फुकुवा भएको हो ।

IME Life
kumari