stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने सञ्जिव आचार्य पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा झापा कन्काई नगरपालिका–७ घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने सञ्जिव आचार्यलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिन्छु प्रतिव्यक्ति १२ लाख रूपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट २७ लाख रूपैयाँ ठगी गरी सम्पर्क विहीन भएका आचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले भक्तपुर गठ्ठाघरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

prabhu mahalaxmi
kumari