sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

प्रभु बैंकले आफ्नो स्वामित्वमा रहेका विभिन्न १४ जिल्लाका २९ स्थानमा रहेका ठाउँको घरजग्गा बेच्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभ बैंकले आफ्नो स्वामित्वमा रहेका विभिन्न १४ जिल्लाका २९ स्थानमा रहेका घरजग्गा बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेका गैर बैंकिङ्ग सम्पति बिक्री गर्ने जनाएको छ ।

बैंकले गैर बैंकिङ्ग सम्पत्ति ९घरजग्गाहरु० जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने जनाएको छ ।

उक्त घरजग्गा खरिद गर्न ईच्छुक व्यक्ति तथा संस्थाहरुले कबुल रकमको १० प्रतिशत रकम धरौटी राखि सूचना प्रकाशित भएको मितिले ७ दिन अर्थात् मंसिर २५ गतेभित्र बैंकको प्रधान कार्यालय काठमाण्डौमा  बोलपत्र पेश गर्न सक्नेछन् ।  प्राप्त हुन आएका बोलपत्रहरु मंसिर २६ गते खोलिने छ ।

बैंकले मालपोत कार्यालय सुनसरी, मालपोत कार्यालय काभ्रे, मालपोत कार्यालय धादिङ, मालपोत कार्यालय ललितपुर, मालपोत कार्यालय हरिवन सर्लाही, मालपोत कार्यालय विराटनगर मोरङ्ग, मालपोत कार्यालय कावासोती नवलपरासी, मालपोत कार्यालय भैरहवा रुपन्देही, मालपोत कार्यालय वालिङ स्याङ्जा, मालपोत कार्यालय सिन्धुपाल्चोक, मालपोत कार्यालय भद्रपुर झापा, मालपोत कार्यालय टोखा सरस्वती काठमाडौंमा, मालपोत कार्यालय चितवन, मालपोत कार्यालय दोलखा र मालपोत कार्यालय कलंकीमा दर्ता भएका घरजग्गा बिक्री गर्ने भएको हो ।

बैंकको ब्यापार व्यवसाय पनि खुम्चिएको बेला प्रभु बैंकले आफ्नो गैर–बैंकिङ सम्पत्ति बिक्री गरेर बैंकलाई दिगो बनाउन खोजिरहेको छ ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले प्रोभिजनमा कडाइ गर्दा र गैर–बैंकिङ सम्पत्तिलाई बिक्री गर्न बैंकहरुलाई सर्कुलर नै जारी गरेको छ ।

सोही अनुसार बैंकले गैर–बैंकिङ सम्पत्ति बिक्री गर्न लागेको हो । बैंकले यति ठूलो घरजग्गा बिक्री गरेपछि बैंकको नाफा बढ्ने देखिन्छ ।

prabhu bank
nawakantipur long