stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

प्रतिकित्ता १८० मा एनएमबि बैंकको साढे ४४ हजार कित्ता सेयर बिक्रीमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एनएमबि बैंकले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको सेयर लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री गर्ने भएको हो । बैंकले मंसिर २६ गतेदेखि पुस ४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ ।

बैंकको संस्थापक समूहतर्फको ४४ हजार ७६१ कित्ता सेयर संस्थापक समूहमा नै रहने गरी लिलाम बढाबढद्वारा बिक्री गर्न बैकको संचालक समितिको निर्णय भएको हो ।

उक्त सेयर लिलाम बढाबढको माध्यमबाट विद्यमान संस्थापक तथा अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिनेछ । उक्त सेयरहरू खरीद गर्न ईच्छुक संस्थापक सेयरधनी, व्यक्ति तथा संगठित संस्थाले पुस ४ गतेभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आइपुग्ने गरी आफूले चाहेको मूल्य तोकी आवेदन दिनुपर्नेछ ।

बैंकको उक्त सेयर बिक्रीको लागि प्रस्ताव गरिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८० रुपैयाँ रहेको छ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

himalayan life insurance
igi long
NTA long ad