stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिभिल बैंकले थालनी गर्यो नेपालगञ्ज र जानकीमा गो क्यासलेस अभियान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिभिल बैंकले २०७९ मंसीर १० गते आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरे वमोजिम नेपालगञ्ज र जानकीमा छुट्टा छुट्टै कार्यक्रमहरुको आयोजना गरी सम्पन्न गरेको छ ।

जानकीमा आयोजित गो क्यासलेस अभियानको उद्घाटन कार्यक्रम उक्त कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष लालमति देवि कठरीयाको प्रमुख आतिथ्यता सम्पन्न गरिएको थियो ।

उक्त कार्यक्रममा जानकी गाउँपालिका वडा नं १का अध्यक्ष सुरेस कुमार चौधरी, फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा, अस्थायी प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरिक्षक सुरत बहादुर बोहरा, दुर्गौली बजार व्यवस्थापन समितिको अध्यक्ष अमर बहादुर बिष्ट, स्थानिय बुध्दिजिवि मोहन उपाध्याय, टिकापुर रिक्सा व्यवसायी मुल समितिका अध्यक्ष लोक बहादुर बुढा क्षेत्री, जानकी अटो सेवाको अध्यक्ष तथा अटो चालक मोहन खत्री, ई रिक्सा अटो यातायात व्यवसायी संघका अध्यक्ष रामेश्वर प्रसाद महतो, विभिन्न टेम्पू व्यवसायीहरुको उपस्थितीमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी जानकी गाउँपालिकाका उपाध्यक्ष लालमति देवि कठरीयाले सुदूरपश्चिम को विकासोन्मुख गाउँपालिका जानकी गाउँपालिकालाई यस अभियानको लागि छनौट गर्नुभएकोमा सिभिल बैंकलाई धन्यबाद दिनु भयो र यसले यस भेगका जनतालाई डिजिटल माध्यमबाट वैंक कारोबार गर्न बैङ्किङ साक्षरता पनि प्रदान हुने कुरा पनि भन्नुभयो ।

त्यसैगरी नेपालगन्जमा आयोजित गो क्यसलेस अभियानको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपालगंज उपमहानगरपालिकाको उपमेयर कमोरद्दिन राईको प्रमुख आतिथ्यता सम्पन्न गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक, नेपालगंजका उपनिर्देशक छवी लाल घिमिरे, नेपालगंज उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष गोविन्द प्रसाद रेग्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, बॉकेका प्रमुख प्रहरी निरिक्षक हिमालय शाह, नेपाल पत्रकार महासंघका अध्यक्ष दामोदर भण्डारी, टेम्पू व्यवसायीहरु र मीडियाकर्मीहरु उत्साहका साथ सहभागी थिए ।

डिजीटल पेमेन्ट सिस्टमले गर्दा अब ग्राहकहरुले सुबिधा सँगै सुरक्षा प्रदान गरेको कुरा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि  नेपालगंज उपमहानगरपालिकाको उपमेयर कमोरद्दिन राईले भन्नुभयो ।

जतिको बिल आयो त्यति रकम मात्रै डिजीटलको माध्यमबाट भुक्तानी गर्दा आफूले गरेका खर्चहरुको विवरणहरुको समीक्षा गरेर फजुल खर्चहरुलाई घटाई अनावस्यक फजुल खर्चमा कमी ल्याई बचतमा वृद्धि गर्न सकिने र यस्तै साना साना बचतले भविष्यमा पुँजी निर्माण गरी आफू तथा सिंगो राष्ट्रलाई समेत समृद्ध बनाउन सकिने कुरा सिभिल बैंकका चिफ बिजिनेस भोला बहादुर विष्टले भन्नु भयो ।

सिभिल बैंकले २०१९ अगस्ट देखि नै सुरु गरेको नगद रहित अभियान अहिले देशको दुर्गम भन्दा दुर्गम स्थान देखि देशका प्रमुख सहरहरुमा सम्म गरी चालीस हजार भन्दा बढी क्यू आर मर्चेन्टहरुलाई आवद्ध गरी सकेको कुरा पनि वैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari