stcnepal long ad
ime life insurance
global ime bank long

सिभिल बैंकले थालनी गर्यो डिजिटल सुदुरपश्चिम अभियान

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सिभिल बैंकले २०७९ मंसीर १० गते आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरे वमोजिम आज डिजिटल सुदुरपश्चिमको थालनी सुदुरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टा छुट्टै कार्यक्रमहरुको आयोजना गरी सम्पन्न गरेको छ ।

धनगढीमा आयोजित डिजिटल सुदूरपश्चिम नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा निलम ढुंगाना तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा निलम ढुंगाना तिम्सिनाद्वारा पानी पूरी देखि जुत्ता मर्मत सम्म, टेम्पो सवारी देखि मन्दिरको भेटी सम्मका कारोबारहरु डिजीटल रूपमा क्यू आर कोड मार्फत भुक्तानी गरी डिजिटल सुदुरपश्चिमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले नेपाल राष्ट्र बैंक कै उच्च प्राथमिकतामा रहेको डिजिटल पेमेन्टलाई डिजिटल सुदुरपश्चिममा सुरुवात गर्न पाउँदा आफू खुसी भएको र समग्र राष्ट्र मै यो अभियान चलाउन सकिएमा देशमा हुने गरेका सबै कारोबारहरु पारदर्र्शी हुने तथा नोट छाप्नका लागी विदेशिने धन राशिको संचय हुने कुरा पनि भन्नु भयो ।

डिजीटल सुदुर पश्चिम अभियानलाई साकार गर्ने हो भने डिजीटल इको सिस्टम कै विकास गर्नू पर्ने कुरामा जोड दिई जसरी यस कार्यक्रमको एउटा अंशमा दैनिक जीवनयापन गर्दा उपभोग गर्दै आएको पानी पूरी देखि जुत्ता मर्मत सम्म, टेम्पो सवारी देखि मन्दिरको भेटी सम्मका कारोबारहरु डिजीटल रूपमा क्यू आर कोड मार्फत भुक्तानी ग¥यौं त्यसरी नै डिजीटल इको सिस्टमको विकास गर्न सकिएमा समग्र सुदूरपश्चिम डिजिटलमा जाने कुरामा दुई मत नभएको कुरा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले भन्नु भयो ।

महेन्द्रनगरमा आयोजित ‘डिजिटल सुदूरपश्चिम’ प्रतिनिधी सभा सदस्य तथा पूर्व मन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो ।

प्रमुख आतिथी तथा प्रतिनिधी सभा सदस्य यवं पूर्व मन्त्री रमेश लेखकले यस्तै डिजिटल पेमेन्ट सेवाहरु अझ सुलभ बनाउन सकिएमा समग्र जनताको बिभिन्न महसुल तिर्दा खेर जाने समयको सदुपयोग गर्न सकिएमा समग्र राष्ट्र कै उत्पादकत्व बढाउन सकिने कुरा बताउनु भयो ।

डिजीटल पेमेन्ट सिस्टमले गर्दा अब ग्राहकहरुले जतिको बिल आयो त्यति रकम मात्रै डिजीटलको माध्यमबाट भुक्तानी गर्दा आफूले गरेका खर्चहरुको विवरणहरुको समीक्षा गरेर फजुल खर्चहरुलाई घटाई अनावस्यक फजुल खर्चमा कमी ल्याई बचतमा वृद्धि गर्न सकिने हुन्छ र यस्तै साना साना बचतले भविष्यमा पुँजी निर्माण गरी आफू तथा सिंगो राष्ट्रलाई समेत समृद्ध बनाउन सकिने कुरा सिभिल बैंकका चिफ बिजिनेस भोला बहादुर विष्टले भन्नु भयो ।

सिभिल बैंकले २०१९ अगस्ट देखि नै सुरु गरेको नगद रहित अभियान अहिले देशको दुर्गम भन्दा दुर्गम स्थान देखि देशका प्रमुख सहरहरुमा सम्म गरी चालीस हजार भन्दा बढी क्यू आर मर्चेन्टहरुलाई आवद्ध गरी सकेको कुरा पनि वैंकले जनाएको छ ।

 

prabhu mahalaxmi
kumari