sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

शाखारहित बैंकिङमार्फत् कारोबार गर्दा पाँच विषयमा ध्यान दिन राष्ट्र बैंकको आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शाखारहित बैंकिङ्ग सेवा मार्फत् कारोबार गर्दा विभिन्न पाँच विषयमा ध्यान दिन आग्रह गरेको छ ।

बैंकिङ्ग पहुँच अभिवृद्धि गर्ने अभिप्रायले गरिएको यस व्यवस्था बमोजिम सेवा उपभोग गर्दा मुख्य पाँच वटा विषयमा विशेष ध्यान दिन राष्ट्र बैंकले आग्रह गरेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधि र सहायक प्रतिनिधिमार्फत् मात्र तोकिएको सेवा केन्द्रमा गई कारोबार गर्नुपर्नेमा ध्यानाकर्षण गराएको छ । त्यस्तै, सेवाग्राहीले कुनै पनि कारोबार गर्दा विद्युतीय उपकरणमार्फत् मात्र गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

त्यस्तै, कुनै पनि कारोबार गरिसकेपछि विद्युतीय उपकरणबाट प्राप्त हुने प्रिन्टेड स्लिप अनिवार्य रुपमा लिई आफूले गरेको कारोवारबमोजिम भए नभएको यकीन गर्नुपर्नेछ ।

साथै, विद्युतीय उपकरणबाट सुनिने आवाज (ध्वनी) मार्फत् पनि आफूले गरेका कारोवारको यकीन गर्न सकिने राष्ट्र बैंकले आग्रह गरेको छ ।

शाखारहित बैंकिङ्ग कारोवार मार्फत रकम जम्मा गर्दा, ऋणको किस्ता तिर्दा अथवा रकम झिक्दा आफूले कारोवार गरे बमोजिमको भए–नभएको बेला बेलामा बैंक खातामार्फत् समेत यकीन गर्नुपर्दछ ।

व्यक्तिगत सम्बन्धको आधारमा कसैलाई बैंकमा रकम जम्मा गर्न दिएको भए त्यस्तो रकम सम्बन्धित खातामा जम्मा भए–नभएको तुरुन्त यकीन गर्नुगर्ने जनाएको छ ।

त्यस्तै, सेवा सञ्चालनका सम्बन्धमा केही सुझाव तथा गुनासो भएमा राष्ट्र बैंकको गुनासो सुनुवाई पोर्टलमा जानकारी गराउन राष्ट्र बैंकले आग्रह गरेको छ ।

prabhu bank
nawakantipur long