माछापुच्छ्रे बैंक लिमिटेडले पहिलो त्रैमासमा ४५ करोड ११ लाख रुपैयाँ नाफा कमाए

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको ३ महिनासम्म बैंकले ५६ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६५ प्रतिशत कम हो । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्व ५४ करोड ४८ लाख रुपैयाँ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.८९ प्रतिशतले बढेको छ भने र खुद फि तथा कमिसन आम्दानी १३.५९ प्रतिशतले घटेको छ ।
त्यसैगरी नेट ट्रेडिङ्ग आम्दानी ६१.४७ प्रतिशत तथा अन्य सञ्चालन आम्दानी १।१३ प्रतिशतले बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ५ करोड ३५ लाख रुपैयाँबाट बढेर २९ करोड ३० लाख रुपैयाँ पुगेको छ ।
१० अर्व २५ करोड रुपैंयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्व ५३ करोड ७८ लाख रुपैंयाँ, रिटेन अर्निंङमा १ अर्व ५४ करोड ४८ लाख रुपैयाँ तथा सेयर प्रिमियममा ३ करोड ८ लाख रुपैयाँ रहेको छ ।
त्यसैगरी, बैंकको निक्षेप ०।०८ प्रतिशतले घटेको छ भने कर्जा ३.८७ प्रतिशतले बढेको छ । नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी ९इपीएस० पनि घटेको छ । समीक्षा अवधिमा बैंकको इपीएस् ४ रुपैयाँ ३१ पैसाले घटेर १७ रुपैयाँ ५९ पैसा आएको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.६७ गुणा, प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ र तरलता अनुपात २१।४५ प्रतिशत रहेको छ ।
मार्केट क्यपिटलाइजेसनको आधारमा विभाजन गर्दा बैंकिङ समूह अन्तर्गतमा माछापुच्छ्रे बैंक स्मल क्यापमा पर्दछ । यस समूहमा ६ वटा वित्तीय संस्थाहरु पर्छ । ती बैंकहरुसँग माछापुच्छ्रेको तुलना गर्दा कम निष्कृय कर्जा हुनेमा दोश्रो स्थानमा पर्छ । यो बैंकको सीडी रेसियो ८६.४४ प्रतिशत छ भने पुंजी कोष अनुपात १३.१९ प्रतिशत छ ।
१० अर्व २५ करोड रुपैयाँ चुक्ता पुंजी रहेको यस बैंकको कुल जगेडा कोषको आधारमा हेर्दा भने पुछारमा आउँछ । यस बैकको साप्ताहिक बिटा ०.९५ तथा मासिक बिटा ०.७७ प्रतिशत रहेको छ । यसको अर्थ औसत बजार वृद्धिकोण् तुलना बैंकको मूल्य ढिलो बढ्ने गर्दछ ।