sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

प्रभु बैंकको लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरणका लागि प्रस्ताव गरेको हो ।
बैंकले ६.५० प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो ।

हालसम्म ५ आर्थिक वर्षमा मात्रै सेयरधनीलाई लाभांश घोषणा गरेको देखिन्छ । बैंकले आर्थिक वर्ष २०७४/०७५ मा ०.४२ नगद र ८ प्रतिशत बोनस गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा ०.८४ प्रतिशत नगद र १६ प्रतिशत बोनस गरी कुल १६.८४ प्रतिशत लाभांश घोषणा गरेको थियो जुन बैंकको इतिहासमा हालसम्मकै उच्च लाभांश हो । बैंकले आर्थिक वर्ष २०७६/०७७ मा ०.५२६३ प्रतिशत नगद र १० प्रतिशत बोनस गरी कुल १०.५२ प्रतिशत लाभांश सेयरधनीलाई वितरण गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७७/०७८ का लागि १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

gold
prabhu bank
nawakantipur long