sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

फास्ट बैंकिङ एप सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मोबाइल बैंकिङका लागि फास्ट बैंकिङ एप सार्वजनिक गरिएको छ । नेपाली बैंकिङ्ग जगतमा मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा खड्कििएका समस्याहरुलाई समाधान गर्ने उद्देश्यका साथ बिगत पाँचवर्षदेखि अध्ययन था अनुसन्धान गरि निर्माण गरिएको ओम्नी च्यानल सोलुशन फास्ट बैंकिङ्ग सार्बजनिक गरिएको हो ।

हालै राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल बैंकर्स एसोसिएसका अक्ष्यक्ष अनिलकुमार उपाध्यायले एप अनावरण गर्नुभएको हो ।

यसको प्रयोगबाट बैंक तथा बित्तीय संस्थाले फास्ट बैंकिङ्गको सेवालिई डिजिटल बैंकिङ्ग एक्पिरियन्सलाई थप सुध्रिढ गर्दै नयाँ आयाम दिन सक्ने दाबी गरिएको छ ।

यसको प्रयोगसँगै मोबाइल बैंकिङ्गका लागि बैंककै शाखा धाउनु पर्ने बाध्यता अन्त्य गरी ग्राहक र बैंक दुबैको समय र खर्च बृहत रुपमा घटाउन सकिने दाबी गरिएको छ । हाल यो एप ग्लोबल आइएमई बैंकमा सञ्चालनमा ल्याईसकिएको पनि जनाइएको छ ।

prabhu bank
nawakantipur long