मर्ज भएका बैंकसँग हामीलाई प्रतिस्पर्धा गर्न गाह्रो भयो : अनिल उपाध्याय

काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल उपाध्यायले मर्जरमा गएका बैंकहरुसँग सरकारी बैंकलाई प्रतिस्पर्धा गर्न गाह्रो भएको बताएका छन् ।
कृषि बिकास बैंक प्रमुख कार्यकारी अधिकृत समेत रहेका उपाध्यायले बुधबार नेपाल बैंकको ८६औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मर्जरमा गएका बैंकहरुसँग जुध्न सरकारी बैंकलाई चुनौती भएको बताएका हुन् । उपाध्यायले ठूलो बैंक बन्ने भन्दा पनि राम्रो बैंक बन्नेमा जोड दिनु पर्ने बताएका छन् ।
यस्तै, अध्यक्ष उपाध्यायले नेपालको अर्थतन्त्रमा उधमी र बैंकका बिचमा द्वन्द्वले पनि असर गरेको बताएका छन् । उनले आन्तरिक सपोट नहुदा बाह्य कुराले अर्थतन्त्र धानिएको हुँदा अहिले यस्तो अवस्था आएको बताए ।
‘चालू आवको पहिलो त्रैमासमा ६ प्रतिशत मात्रै निक्षेप वृद्धि भएको छ। यो सामान्य बढेको हो, यसबारे सोच्नु पर्ने बेला आएको छ, कस्ट अफ फण्ड र लोनेबल फण्ड पनि बढेको छ,’ उपाध्यायले भने ।
उपाध्यायले अहिलेको अवस्थामा बैंकहरु सस्टेन मात्र हुनुपर्ने बताएका छन् । यस्तै, नले सरकारले पुसमा खर्च नगरे स्थिती गाह्रो हुने बताए ।