stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

यसर्थ, बैंकले यसपटक ७३ करोड २३ लाख १ हजार ६५३ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, १ अर्ब २८ करोड १५ लाख २७ हजार ८९३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।

गत वर्ष इन्भेष्टमेन्टले ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

prabhu mahalaxmi
kumari