stcnepal long ad
global ime bank long

नेपाल राष्ट्र बैंकले सरकारको लागि आन्तरिक ऋण उठाउने तयारीमा जुटे

राष्ट्र बैंकले मंसिर चार गते हुने निर्वाचन सकिए लगत्तै सरकारको लागि ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारको लागि आन्तरिक ऋण उठाउने तयारीमा जुटेको छ । चालू आर्थिक बर्ष अर्थात २०७९ असार मसान्तसम्ममा दुई खर्ब ५६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने कार्यतालिका सार्वजनिक गरिसकेको राष्ट्र बैंकले मंसिर चार गते हुने निर्वाचन सकिए लगत्तै सरकारको लागि ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।

यसको लागि अल्पकालीन तथा दिर्घकाली अवधिका ट्रेजरी बिल र विकास ऋणपत्रहरु बिक्री गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।

मंसिर १२ गते तीन सय ६४ दिने अवधिको सात अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री हुने छ भने मंसिर १८ गते पुन तीन सय ६४ दिने अवधिको सात अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री हुने छ ।

विकास ऋणपत्र तर्फ भने यही मंसिर १३ गते दुई बर्षे अवधिको विकास ऋणपत्र २०८१ “छ” राष्ट्र बैंकका अनुुसार उक्त ऋणपत्र आठ अर्ब रुपैयाँ बराबरको रहेको छ । यसैगरी मंसिर १३ गते पनि दुई अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८२ “छ” बिक्री हुने छ ।

राष्ट्र बैंकका अनुसार यही पुस पाँच गते पनि चार बर्षे अवधिको विकास ऋणपत्र २०८३ “ज” बिक्री हुने छ । उक्त ऋणपत्र पाँच अर्ब रुपैयाँ बराबरको हुने छ ।

राष्ट्र बैंकका अनुसार यही पुस मसान्तसम्ममा उठाईने ३० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋणमा ट्रेजरी बिलतर्फ जम्मा १५ अर्ब र विकास ऋणपत्र तर्फ पनि १५ अर्ब रुपैयाँ रहेको छ ।

IME Lifesidebar
kumari