प्रभु बैंकका संस्थापकहरुले ५० लाख कित्ता सेयर बिक्री गर्दै
बैंकका ८ जना सस्थापक सेयरधनीहरुले उक्त सेयर बिक्री गर्न लागेका हुन् ।
काठमाडौं । प्रभु बैंकका संस्थापक सेयरधनीले ५० लाख १६ हजार १९९ कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैंकका ८ जना सस्थापक सेयरधनीहरुले उक्त सेयर बिक्री गर्न लागेका हुन् ।
यसमा कात्तिक २२ गते मंगलबारदेखि ३५ दिनभित्रमा आवेदन दिन सकिने बैंकले जानकारी गराएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले यसमा आवेदन दिन सक्नेछन् ।
बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १८० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले १८० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्नुपर्नेछ ।
सेयर खरिद गर्न इन्छुक संस्थापकले कात्तिक २२ गते मंगलबारबाट ३५ दिन भित्र निवेदन दिनुपर्नेछ ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले प्रभु बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

























