एभरेष्ट बैंकलिमिटेडले पहिलो त्रैमाससम्ममा ८६ करोड २२ लाख रुपैयाँ खुद मुनाफा कमाए

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ८६ करोड २२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८।९५ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्ष बैंकले ५७ करोड ८८ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७२.६८ प्रतिशतले बढेर १ अर्व ८८ करोड ५४ लाख रुपैंयाँ तथा खुद फि एवं कमिसन आम्दानी २६.५४ प्रतिशतले बढेर २६ करोड १८ लाख १५ हजार रुपैयाँ आर्जन गरेको छ ।
त्यसैगरी, बैंकको नेट ट्रेडिङ आम्दानी ६०.९७ प्रतिशत र अन्य संचालन आम्दानी भने ९७.९८ प्रतिशतले घटेको छ । बैंकको इम्पेरिमेन्ंट चार्ज १४ करोड ४६ लाख ९० हजार रुपैंयाँबाट घटेर १२ करोड २७ लाख ५१ हजार रुपैंयाँमा झरेको छ ।
यस्तै, कर्मचारी खर्च २६.८५ प्रतिशतले बढेर ५९ करोड ५१ लख ९३ हजार रुपैंयाँ कायम भएको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकको जगेडा कोषमा ८ अर्व ९९ करोड १९ लाख रुपैंयाँ, रिटेन अर्निंङमा ४ अर्व ७१ करोड १६ लाख रुपैंयाँ तथा सेयर प्रिमियममा पनि २३ करोड ८४ लाख रुपैंयाँ रहेको छ ।
त्यस्तै, असोज मसान्तसम्ममा १ खर्व ७३ अर्व ८४ करोड रुपैंयाँ निक्षेप संकलन गरी १ खर्व ४७ अर्व ९८ करोड रुपैंयाँ कर्जा प्रवाह गरेको छ ।
समीक्षा अवधिमा यसको प्रतिसेयर आम्दानी २२.५० रुपैंयाँबाट बढेर ३६.४३ रुपैंयाँ पुगेको छ । यस अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.७८ गुणा, प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ ३२ पैसा, तरलता अनुपात २६.४१ प्रतिशत रहेको छ ।