citizens life insurance long ad
stcnepal long ad

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १८ औं वर्षमा प्रवेश

साग्रिला डेभलपमेन्ट बैकले आफ्ना ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १८ औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १८ औं वर्षमा प्रवेश गरेको छ । कात्तिक १३ गते पर्न गएको वार्षिक उत्सवको अवसरमा बैंकले आज अर्थात कात्तिक १४ गते केक कटिङ लगायतका कार्यक्रमहरु गरेर हर्षउल्लासका साथ आफ्नो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले उक्त कार्यक्रम बैंकको केन्द्रिय कार्यालय, बालुवाटार, काठमाडौंमा मनाएको हो ।

वार्षिकोत्सवको उपलक्ष्यमा गरिएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठद्वारा बैंकमा १० वर्ष पूरा गरेका कर्मचारीहरुलाई सम्मान गरी कदरपत्र प्रदान गरिएको थियो ।

साग्रिला डेभलपमेन्ट बैकले आफ्ना ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १८ औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ ।

साथै, ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले आफ्ना सेवा चुस्त दुरुस्त बनाउने प्रतिबद्धता समेत गरेको छ ।

IME Life
kumari