stcnepal long ad
ime life insurance
global ime bank long

मेगा बैंकले संचालनमा ल्यायो भू–सेवा केन्द्र, अब घरजग्गा रोक्का तथा फुकुवा बैंकबाटै हुने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । मेगा बैंक नेपालका ग्राहकले घर, जग्गा र अपार्टमेन्टको रोक्का तथा फुकुवा कार्य सहज रुपमा उपलब्ध गराउन उद्देश्यले भू–सेवा केन्द्र संचालनमा ल्याएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागसँगको समन्वयमा भू–सेवा केन्द्र संचालनको अनुमति लिई घर, जग्गाको रोक्का तथा फुकुवा अनलाइनबाट गर्ने कार्यको सुरुवात गरेको बैंकले जनाएको छ ।

समन्वयको लागि अनलाइन प्रणाली मार्फत धितो बन्धक रोक्का, रोक्का फुकुवा गर्ने सम्बन्धमा भएको सम्झौतामा मेगा बैंकका तर्फबाट का।मु। प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागका तर्फबाट महानिर्देशक पिताम्बर घिमिरेले हस्ताक्षर गरेका छन् ।

भू–सेवा केन्द्र संचालनमा आएपछि घर, जग्गाको रोक्का तथा फुकुवाका लागि बैंकको प्रतिनिधि, जग्गा धनी तथा ऋणी सम्बन्धित मालपोत कार्यालयहरुमा उपस्थित नभई बैंककै भू–सेवा केन्द्रमा  उपस्थित  भई  आवश्यक कागजपत्रहरु अनलाइनमार्फत पेश गरे पुग्ने बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari