stcnepal long ad
global ime bank long

बैंकहरु एक आपसमा मर्ज हुँदा अब शेयर कारोबार रोक्का नहुने

राष्ट्र बैंकले मर्जर सम्बन्धी नियमावली संशोधन गरी मर्जको समयमा शेयर कारोबार रोक्का हुने व्यवस्था हटाएको हो ।

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बैंकहरु एक आपसमा मर्ज हुँदा अब शेयर कारोबार रोक्का नहुने भएको छ । राष्ट्र बैंकले मर्जर सम्बन्धी नियमावली संशोधन गरी मर्जको समयमा शेयर कारोबार रोक्का हुने व्यवस्था हटाएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ मा पाचौ संशोधन गर्दै कारोबार निरन्तर जारी रहने व्यवस्था गरेको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्ने विद्यमान व्यवस्था खारेज गरी धितोपत्र बोर्डको नियमन बमोजिम हुने व्यवस्था मिलाइने उल्लेख थियो । यसै अनुसार राष्ट्र बैंकले नियमावली संशोधन गरेर नीतिगत ब्यबस्था गरेको हो ।

यस्तै, पाचौ संशोधनले गाभ्नेरगाभिने वा प्राप्ति (एक्विजिशन) का कारण संस्थाको कर्जा निक्षेप अनुपात तोकिएको सीमाभन्दा माथि गएमा मर्जर सम्पन्न भएको बढीमा दुई वर्षभित्र तोकिएको सीमाभित्र ल्याउन सकिने ब्यबस्था पनि गरेको छ ।

IME Lifesidebar
kumari