citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल राष्ट्र बैंकले दशैंमा ५५ अर्ब रुपैयाँका नयाँ नोट साट्यो

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस पालिको दशैंमा ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटेको छ ।यसमध्ये १६ अर्ब रुपैयाँ बराबरका १ सय रुपैयाँ भन्दा साना दरका र ३९ अर्ब रुपैयाँ बराबरका ५ सय र हजार दरका नोट साटिएको राष्ट्र बैंकले जनाएको हो । नेपाल राष्ट्र बैंकले गत भदौ २९ गतेदेखि नयाँ नोट साट्न थालेको थियो ।

बैंक तथा वित्तीय संस्थाले भने असोज २ गतेदेखि नयाँ नोट साट्न थालेका थिए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई भने भदौ २३ गतेदेखि नै नयाँ नोट उपलब्ध गराएको थियो ।

राष्ट्र बैंकले केन्द्रीय कार्यालय बालुवाटारबाट र उपत्यका बाहिरका ७ कार्यालयहरूबाट नयाँ नोट सटही गरेको थियो ।

काठमाडौंको बालुवाटारमा ५ वटा काउन्टर राखेर नयाँ नोट सटही गरिएको थियो । राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट दैनिक औसतमा ७ सय जनाले नयाँ नोट सटही गर्ने गरेका थिए ।

काठमाडौं उपत्यका बाहिरका कार्यालयबाट दैनिक औसतमा प्रति कार्यालय ४ सय जनाले सटही गर्ने गरेका छन् ।

जसका कारण जिल्लाका ७ कार्यालयबाट दैनिक २८ सयदेखि ३ हजारले नयाँ नोट साट्ने गरेको राष्ट्र बैंकले जनाएको छ ।

himalayan life insurance
igi long