चितवनको सौराहामा सिभिल बैंकको १०२औं एटिएम

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले चितवनको सौराहाचोकमा आफ्नो १०२ औं एटिएम संचालनमा ल्याएको छ ।
उक्त एटिएमको समुद्घघाटन रत्ननगर नगरपालिका वडा नं ६का अध्यक्ष किरण महतो र होटेल व्यसायी संघ सौराहाका अध्यक्ष दीपक प्रसाद भट्टराईले संयुक्त रुपमा गरे ।
उक्त एटिएमको उद्घाटन समारोहमा प्रमुख अतिथि रत्ननगर नगरपालिकाका वडा नं ६का अध्यक्ष किरण महतो र होटेल व्यसायी संघ सौराहाका अध्यक्ष दीपक प्रसाद भट्टराई लगायत सो क्षेत्रका उद्योगी, व्यवसायी, गन्यमान्यब्यक्तिहरु तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।
अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको उक्त एटिएममार्फत आफुलाई आवश्यक पैसा सहज तरिकाले झिक्न सक्नेछन् ।